डण्डीबियो सिकाउँदै तितेपाती झ्याप

काठमाडौं । नेपालको ग्रामीण भेगमा अझै पनि खेलको रुपमा रहँदै आएको डण्डीबियोमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘डमरुको डण्डिबियो’को पहिलो गीत ‘तितेपाते तितेपाते झ्याप’ सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको गीतमा कालिप्रसाद, एकतारे र हर्क साउदको शब्द छ ।

गीतमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, आशान्त शर्मा र लक्ष्मी बर्देवाले फिचरिङ गरेका छन् । गीतमा डण्डीबियो खेल्न सिक्दै गरेको दृश्य देखाइएको छ । गीतमा अनुप बराल डण्डीबियो प्रशिक्षक छन् । फिल्ममा अंकित खड्का लगायतका कलाकारको पनि अभिनय छ । छेतन गुरुङको निर्देशनमा तयार भएको फिल्ममा विनोद गुरुङ र नोर्वु घलेको लगानी छ ।