ताराको जे पायो त्यही

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘जे पायो त्यही’ को भिडियो सार्वजनिक भएको छ । गीतमा लेखु सहयात्रीको संगीत तथा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर छ ।

भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र विजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ । सान थापाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको सम्पादन र राजिव समरको कोरियोग्राफी रहेको छ ।

गीलाई सुनौलो ताराले बजारमा ल्याएको हो ।