पूजा बनिन् मिसेस भोग नेपाल

काठमाडौं । हाउस अफ फेसनले बुधवार राति काठमाडौंमा आयोजना गरेको ‘मिसेस भोग नेपाल’को उपाधि पूजा पाख्रिनले जितेकी छन् ।
आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै ललितपुर, हात्तीवनकी ३२ वर्षीया पाख्रिनले शीर्ष उपाधिसँगै पाँच लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाएकी छन् ।

यसबाहेक उनले कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीबाट एक वर्षको फेसन डिजाइनिङ कोर्ष गर्ने मौका पाएकी छिन । प्रतियोगितामा उनले विधागततर्फको ‘मिसेस भोग मोस्ट स्टाइलिष्ट’ र ‘मोस्ट फोटोजेनिक’को उपाधिसमेत जितिन् ।

प्रतियोगितामा विभा बस्नेतले ‘कमर्शियल एम्बासडर’, ‘पब्लिक च्वाईस अवार्ड’ र ‘मोस्ट पपुलर च्वाईस अवार्ड’, आकृति श्रेष्ठले ‘फस्ट रनर्स अप’को उपाधिसँगै ‘मोस्ट इन्टेलिजेन्ट’को अवार्ड पनि जितिन् ।

त्यस्तै मनिला लामिछानेले ‘सेकेण्ड रनर अप’ सँगै ‘मिसेस ग्लोइङ स्किन’ तथा ‘बेस्ट परफर्मेन्स’को अवार्ड जितिन् । प्रतियोगिताको उत्कृष्ट ७ मा मनिला लामिछाने, बिकिता सुवेदी, पूजा पाख्रिन, आकृती श्रेष्ठ, यादिना रजक, विभा बस्नेत तथा मेरिशा सुवाल पुगेका थिए ।

स्मिथ तामाङको कोरियोग्राफीमा भएको प्रतियोगितामा मेरिशा सुवालले ‘मिसेस बोल्ड एण्ड इलिगेन्स’, मिना परियारले ‘बेस्ट स्माइल’, यादिना रजकले ‘ब्यूटि विद द पर्पस’, बिकिता सुवेदीले ‘मोस्ट डिसिप्लिन’, लक्ष्मी केसीले ‘मोस्ट इनर्जेटिक’, रश्मी महर्जनले ‘बेस्ट वाक’ तथा राधिका चौधरीले ‘बेस्ट पर्सनालिटी’को अवार्ड जिते ।