देश दौडाहामा स्टोरी टेलर साइग्रेस

काठमाडौं । स्टोरी टेलर साइग्रेस पोखरेलले नेपालका विभिन्न ठाउमा आफ्नो प्रस्तुति दिने भएका छन् । नेपालका मुख्य ६ सहर काठमाडौँ, पोखरा, चितवन, बुटवल, इटहरी र झापामा हुन लागेको कार्यक्रम बैसाख १५ गते देखि सुरु हुनेछ ।

क्यानेडियन स्टडी सेन्टरले आयोजना गर्न लागेको कार्यक्रम बैशाख १५ मा झापा, बैशाख १६ मा इटहरी, बैशाख २२ मा चितवन, बैसाख २४ मा बुटवल, बैसाख २९ मा पोखरा र काठमाडौँमा जेठ ५ गते आयोजना हुदैछ ।

तीन बर्षपछि नेपालममा आफ्नो प्रस्तुति दिन लागेका कथाकार, साइग्रेस नेपालका लोकप्रिय कथाकार हुन् । कार्यक्रममा साइग्रेसले कथा सुनाउनुका साथै पाठकहरूसँग अन्तक्र्रिया गर्ने आयोजकले बताएका छन् । कार्यक्रमको टिकट क्यनडीयन स्टडी सेन्टरको सम्पूर्ण अफिसहरुमा निःशुल्क प्राप्त गर्न सकिने छ ।