लम्फूमा नाँच्नेलाई ५० हजार पुरस्कार

काठमाडौ । आगामी वैशाख २८ मा रिलिज हुने फिल्म ‘लम्फू’को गीत ‘सुको नहोस् यार’मा उत्कृष्ट नाँच्ने व्यक्ति वा समूहले ५० हजार रुपैंयाँ पुरस्कार पाउने भएको छ । फिल्मले आयोजना गरेको कभर डान्स प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिनेले यो पुरस्कार पाउन लागेको हो ।

फिल्मको डिजिटल अधिकार लिएको ‘हाईलाईट्स नेपाल’ले कभर डान्स प्रतियोगिताको आयोजना गरेको हो । कभर भिडियो बनाउनेले वैशाख २० गतेसम्ममा पठाउनु पर्नेछ । ‘सुको नहोस् यार’ हाईलाइट्स नेपालको आधिकारीक यूट्युब च्यानलमा रहेको छ ।

यूट्युब भ्यूज, भिडियो मेकिङ, कोरियोग्राफी र निर्णायकको आधारमा २०७५ वैशाख ३१ गते विजेता घोषणा हुनेछ । गोपाल चन्द्र लामिछानेको निर्देशनमा बनेको फिल्मको गीतमा शिव परियारको स्वर, अर्जुन पोखरेलको संगीत, प्रमोद ढुंगानाको शब्द छ । फिल्ममा कबिर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशुम श्रेष्ठ, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ । फिल्मका निर्माता शक्तिबल्दभ घोरासैनी हुन् ।