नेवार सम्मेलनमा वृहत पुस्तक मेला

काठमाडौं । वल्र्ड नेवाः अर्गनाइजेशनको तत्वावधानमा आगामी मार्चको ३० र ३१ (चैत्र १६ र १७) आयोजना हुने विश्व नेवार सम्मेलनको अवसरमा नेपालभाषा एकेडेमीद्वारा वृहत पुस्तक मेला आयोजना हुने भएको छ । पुस्तक मेला आयोजनार्थ नेपालभाषां एकेडेमीका प्राज्ञ सदस्यहरु विजयरत्न तुलाधर र प्राध्यापक प्रेमशान्ति तुलाधरको संयोजकत्वमा एउटा उपसमिति गठन गरिएको एकेडेमीका सदस्य–सचिव मल्ल के सुन्दरले बताए ।

नेपालभाषा एकेडेमीका सदस्य–सचिव मल्ल के सुन्दरले पुस्तक मेला चौलाथ्व त्रयोदशी (चैत्र१५) विहिबार अपरान्ह पाँच बजे उद्घाटन गरीनेछ भने त्यसपछि सो पुस्तक मेला चैत्र १६ र १७ गतेसम्म ( चतुर्दशी र पुर्णिमा ) सम्म चल्नेछ । यो पुस्तक मेला काठमाण्डौंको खुशीबुँ स्थित नेपाः ब्यांक्वेटमा हुनेछ भने सोही स्थलमा नै दुई दिनसम्म विश्व नेवार सम्मेलन सम्पन्न हुँदैछ । पुस्तक मेलाको उद्घाटन समारोहमा वल्र्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष अमेरिका निवासी सिजन श्रेष्ठ प्रमुख अतिथीका रुपमा रहने छन् ।  नेपालभाषाको साहित्य वाङमयलाई संसारभरी फैलिएर बसेका नेवारहरु बीच पु¥याउने उद्देश्य लिएर आयोजना हुन लागेको सो पुस्तक मेलामा नेपालभाषा एकेडेमीको आफ्नै प्रकाशनहरुकासाथसाथै ंअरु पनि धेरै प्रकाशकहरुका स्टल रहने कुरा पुस्तक मेला समितिका संयोजक तुलाधरलें जानकारी गराएका छन् ।

यो पुस्तक मेलामा नेपालभाषाका अत्यन्त पुराना एवं दुर्लभ कृतिहरुका साथ नयाँ कृतिहरुको पनिं स्टल रहनेछ । करीब बीस वटा विभिन्न प्रकाशकहरुको स्टल रहने यो मेलामा नागार्जुन पब्लिकेशन, कुतः पिकाकः, नेपाल साहित्य मन्दिर ख्वप, बसन्त महर्जनया इन्साइट पब्लिकेशन, नेवाः जागरण मञ्च, लोक साहित्य परिषद, लोटस रिसर्च सेन्टर, नेपालभाषा केन्द्रिय विभाग, न्हू हिसु पुचः, धर्मकीर्ति विहार श्रीघः र सुखावति मल्टि प्रोडक्शन जस्ता संस्थाहरु लगायत साहित्यकार नजरराम महर्जन र चलचित्रकर्मि बासु शाही पनि आआफ्ना संकलनहरु सहित उपस्थित हुनेछन् ।