फष्टलुकमा मनाङ्गे नानी, वैशाखमा रिलिज

काठमाडौं । हिमाल पारीको जिल्ला मनाङमा छायांकन गरिएको फिल्म ‘मनाङ्गे नानी’ को फस्टलुकसँगै रिलिज मिति पनि सार्वजनिक भएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमका बीच फिल्म वैशाख १४ गते रिलिज हुने जानकारी दिइयो ।

शुभेक्षा फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको फिल्ममा खुशबहादुर गुरुङको कथा, पटकथा, गीत, संगीत र निर्देशन छ । निर्देशक खुशले मनाङको तिलिचो ताललगायत मनाङका रमणीय दृश्य फिल्ममा रहेको बताए । उनले फिल्म पारिवारिक रहेको बताए ।  कार्यक्रमका अतिथि निर्देशक शोभित बस्नेतले फिल्म राम्रो बनेकोमा आफू ढुक्क रहेको बताए । चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले आफुले फिल्म सेन्सरको क्रममा हेरेको र फिल्म ठुलो ब्यानरका फिल्म भन्दा कम नभएको दाबी गरे ।

फिल्ममा भीम गुरुङ, शान्ति गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुशी गुरुङको अभिनय रहेको छ । फिल्ममा श्रीकृष्ण फुयालको छायांकन, जनक गुरुङको द्वन्द्व तथा गौतम गुरुङ, सोलबहादुर गुरुङ, भीमराज गुरुङ र टिकामाया फुयालको संयुक्त लगानी छ । सुबास गुरुङ, मनाङ गुरुङ, ओमन गुरुङको नृत्य रहेको फिल्ममा प्रकाश गुरुङ, मदन गुरुङ, सुकराज गुरुङ र तिलु गुरुङ कार्यकारी निर्माता छन् ।