ट्रेलरमा शिवानीको काठमाडौंमा एक दिन

काठमाडौं । टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा शिवानीकै स्क्रिप्ट र निर्देशन छ । ट्रेलरमा सबिर चुरौटे, कमल देवकोटा र झकेन बिसीको अभिनय छ ।

नौ वर्ष लगाएर लेखिएको शिवानीको उपन्यासले सामाजिक अन्यायमा परेका व्यक्तिहरु कसरी हिंसात्मक विद्रोहमा उत्रिन्छन् र त्यसले कसरी प्रतिहिंसाको श्रृङ्खला जन्माउँछ भन्ने देखाउन खोजेको छ । उपन्यासको आवरण गत चैत्र ५ मा सार्वजनिक गरिएको थियो । फाइन प्रिन्टले प्रकाशन गरेको उपन्यास आगामी चैत २९ गते सार्वजनिक हुँदैछ ।