हिरोजका पप्पी देऊ न र मेहनत आफै गर

काठमाडौं । निर्मात्री पूर्णीमा लामाले आफ्नो फिल्म ‘हिरोज्’का दुई गीत ‘पप्पी देऊ न’ र ‘मेहनत आफै गर’ दर्शकमाझ ल्याएकी छन् । यो फिल्म आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । बुढासुब्बा डिजिटलको युट्युवमार्फत सार्वजनिक गरिएको ‘पप्पी देऊ न’मा प्राश्ना शाक्य र टंक बुढाथोकीको स्वर छ । टंककै शब्द र संगीत रहेको गीतको कोरियोग्राफर कविराज गहतराज हुन् ।

गीतमा पूर्णीमा लामा र संजोग राणालाई देख्न पाइन्छ । कविराजले नै कोरियोग्राफी गरेको ‘मेहनत आफै गर’ गीतमा राजेशपायल राई,जुनु रिजाल, रन्जीत शाहनी र डेबिड शंकरको स्वर छ । विकास चौधरीले संगीत दिएको गीतमा संजोग राणाको शब्द छ । गीतमा करिश्मा मानन्धर, पूर्णीमा लामा, संजोग राणा, ज्याक श्रेष्ठ दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापतिलगायतलाई प्रस्तुत गरिएको छ ।

सडक बालबालिकाको समस्या, चेलीबेली बेचबिखन,बेरोगजारीलगायत तथा राजनीतिक अस्थिरतालगायतको बिषयमा निर्माण गरिएको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल,पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतले अभिनय गरेका छन् । लक्ष्मी लामाको प्रस्तुत रहेको फिल्म झण्डै पाच दर्जन हलमा एकसाथ प्रदर्शन हुने निर्मात्री पूर्णीमाले बताएकी छिन् ।