गजल संग्रह तिमी साथ भएपछिमा सुरेश

काठमाडौं । अमेरिका बस्दै आएका युवा गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको गजल संग्रह ‘तिमी साथ भएपछि’ बिहिबार काठमाडौंमा विमोचन गरिएको छ । संगीतकार राजु सिंह, संगीतकार शक्ति वल्लभ, संगीतकार लक्ष्मण शेष, अभिनेता सरोज खनाल, प्रा.डा.घनश्याम परिश्रमी, गायक उदय सोताङ, गीतकार करुण थापासहितका व्यक्तित्वले उक्त एल्बम सार्वजनिक गरेका हुन् । डेढ दशकअघि नै गजलप्रति रुची भएका साथीहरुलाई भेला पारेर आफ्नै नेतृत्वमा ‘गजल गृह नेपाल’ स्थापना गर्ने गजलकार वाग्लेले आज गजलहरुको संग्रह नै सार्वज्निक गरेका हुन् । उक्त एल्बमको उत्पादन गजल गृह नेपालले नै गरेको हो ।

एल्बममा दश वटा गजलहरु समावेश गरिएका छन् । गजलकार वाग्लेले झन्डै एक दशक अघिदेखि रचना गरेका गजलहरुलाई यो एल्बममा समावेश गरिएको छ । एल्बमका गजलहरुमा उदय सोताङ, मनिला सोताङ, शिव परियार, अञ्जु पन्त, मनोजराज, हरि लम्साल, टिका प्रसाईं, मदन गोपाल तथा बुद्ध लामा (नेपाल आइडल) को स्वरलाई समावेश गरिएको छ । हरि लम्साल, शिव परियार, मनोज राज तथा किरण श्रेष्ठले ती गजलहरुलाई संगीतबद्ध गरेका छन् । जलहरुमा गोपाल रसाइली, किरण क“डेल, रिकेश गुरुङ, सचिन सिंह, रिदम क“डेल तथा पाकिस्तानी संगीतकर्मी इमाद रहमानको संगीत संयोजन छ ।

प्रस्तुत एल्बमका दश वटा गजल मध्ये तीन वटा गजल यूगल शैलीका छन् । उदय र मनिला सोताङको स्वरको ‘आ“खाको यो नानी भित्रै’, मनोज राज र अञ्जु पन्तको ‘सम्झे पनि तिम्रँे याद’ तथा ‘तिमी आयौ जिन्दगीमा’ यूगल शैलीका छन् । विमोचन समारोहमा एल्बममा समावेश गायक शिव परियारको स्वरको ‘फूलमा’ शीर्षकको गीतको म्युजिक भिडियो प्रिमियर गरियो । शान थापाद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा अभिनेता पुष्प खड्काले अभिनय गरेका छन् । एल्बममा समावेश अन्य तीन वटा गजलका म्युजिक भिडियोहरु केही समयअघि यूट्युबमार्फत सार्वजनिक भैसकेका छन् ।

प्रशान्त रसाइलीको निर्देशनमा बनेको उदय र मनिलाको ‘आ“खाको यो नानी भित्र’ गजलको म्युजिक भिडियोमा शिल्पा मास्के तथा पुष्कर कार्कीले अभिनय गरेका छन् । बुद्ध लामाको स्वरको ‘तिमी साथ भएपछि’ गजलको अर्जुन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोमा पल शाह तथा आ“चल शर्माले अभिनय गरेका छन् । मनोज राज र अञ्जु पन्तको स्वरको ‘सम्झे पनि तिम्रँे याद’ लाई निकेश खड्काले निर्देशन गरेका छन्, जसमा प्रियंका कार्की तथा अनिल थापाले अभिनय गरेका छन् । गजलकार वाग्लेले नेपाली गीत–संगीतप्रतिको लगावकै कारण अमेरिकाको बोस्टनमा आफ्नै अध्यक्षतामा हिमालयन हेरिटेज कल्चरल एकेडेमी पनि सञ्चालन गरिरहेका छन्, जसले नेपाली बालबालिकादेखि युवासम्मलाई नेपाली गीत–संगीत तथा नृत्य अनि नेपाली भाषाको प्रशिक्षण दिइरहेको छ ।