जंगली कुकुरसँग सलमानको द्वन्द्व

मुम्बई(एजेन्सी) । आगामी डिसेम्बर २२ मा रिलिज हुने फिल्म ‘टाइगर जिन्दा हे’लाई प्रतिक्षित एक्सन मनोरञ्जक फिल्मका रुपमा लिइएको छ । सलमान खान र कैटरीना कैफ दुवैले फिल्ममा सासै रोकिने खालको खतरनाक एक्सन दिएका छन् । फिल्मको सार्वजनिक एक नयाँ तस्बिरमा अर्को खतरनाक एक्सन फिल्ममा देखिने पक्कापक्की भएको छ ।

सार्वजनिक तस्बिरमा सलमान जंगली कुकुरसँग फाइट खेलिरहेको प्रष्ट देखिन्छ । जासूसी ड्रामा फिल्ममा सलमानले हिँउमा बस्ने जंगली कुकुरसँग लडाई लडेका छन् । तस्बिरमा हातमा हतियार बोकेका सलमानसँग झगडा गर्न लागेको कुकुर देखिन्छ ।

समाचार अनुसार यो दृश्य अष्ट्रियाको हिँउवाला क्षेत्रमा खिचिएको हो । अन्तर्राष्ट्रिय एक्सन समूहले यो दृश्य खिच्नका लागि निकै सावधानी अपनाएका थिए । उनीहरु कुकुरलाई केही अवरोध नहोस् भन्ने चाहन्थे । फिल्मका निर्देशक अली अब्बास जफर हुन् ।