विशालको भिडियोमा रोहनी–समिर रोमान्टिक

काठमाडौ । गायक रोशन राईको स्वर, गीतकार भुपाल चाम्लिङको शब्द तथा संगीतकार विक्रम राईको संगीतमा ‘आज के भो मलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियोको निर्देशन तथा सिनेमाटोग्राफी रंग पत्रकार विशाल राईले गरेका छन् ।  भिडियोमा एक छुटेको जोडी भेट्दा पुराना दिनहरुलाई यादमा उतारिएको निर्देशक विशाल राईले बताए ।

भिडियोमा मोडल रोहनी लामा र समिर राई फिचरिङ छन् । म्युजिक भिडियो गोदावरी आसपासमा सुटिङ गरिएको हो । विशाल चौतारी मिडियाबाट सार्वजनिक भएको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । गायक रोशनले गीत अनुुसार भिडियो पनि राम्रो बनेकाले दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन् ।