काठमाडौ । गायक हसन राईको ‘नायुमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शशि गुरुङको शब्द तथा संगीत रहेको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतमा देबेश राईको एरेञ्ज छ । गायक विक्रम राई प्रति समर्पित म्युजिक भिडियो लुङ्टो क्रियशन अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
किरातहरुको सभ्यतामा आधारित गीतमा निर्देशक राजेश पुमा राईको निर्देशन छ । म्युजिक भिडियोलाई किरात राईहरुको विवाह संस्कारमा आधारित रहेर निर्माण गरिएको छ । म्युजिक भिडियोमा अभिनेत्री एलिशा राई, मोडल गणेशमान घले र कमेडियन उमेश राई (फुलन्देकी आमा) को अभिनय देख्न सकिन्छ ।
म्युजिक भिडियोमा प्रकाश लिम्बु, शिशम वान्तावा राई, दोस्तिहाङ राई, महेन्द्र राई, खेमराज राई, हाङ्सामा लिम्बु लगायत कलाकारहरुको पनि अभिनय छ । म्युजिक भिडियोमा विवाहमा सोल्टी सोल्टिनी बिचको प्रेमभावलाई देखाइएको छ ।
भिडियोमा हरि हुमागाईको डिओपी रहेको छ, भने उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ । भिडियोमा विकास दाहालको सम्पादन र सुम्निमा कलेक्सनको पहिरन छ ।