सुशिलको बादशाह जुट शुरु

काठमाडौं । नेपाली फिल्म ‘बादशाह जुट’को छायाँकन सुरु भएको छ । शनिबार राजधानीबाट छायाँकन सुरु भएको सिनेमालाई पोखरा र मुम्बईमा पनि खिचिनेछ ।  जोनी सिंह राणाले निर्देशन गरिरहेको फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मि पाण्डे, रोबिन तामाङ लगायतका कलाकारको अभिनय रहनेछ ।

अभिनेता सुशील श्रेष्ठले यो भन्दा अगाडी सिनेमा ‘लभ डायरिज’को छायाँकन सिध्याईसकेका छन् । जुन सिनेमामा सुशील भिन्न भूमिकामा प्रस्तुत भएका छन् । निर्माण पक्षका अनुसार बादशाह जुटुमा पनि सुशीलको भिन्न अवतार देख्न सकिनेछ ।

बादशाह जुटुमा एच एण्ड बी फिल्मससँग गोल्डेन ग्रेप्स फिल्म एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको छ । २ घण्टा ९ मिनेट लामो रहने सिनेमा पूर्ण व्यावसायिक बनाइने निर्माण पक्षले बताएको छ । अभिषेक कुमार सैनी लिखित सिनेमामा कमेडी, एक्सन, रोमान्स र थ्रिलको समिश्रण पाइने छ ।