भ्युसलोनी र आयुषा जुनियर व्याटल

काठमाडौं । राजधानीमा शुक्रबार बेलुका सम्पन्न ‘छैटौं जुनियर व्याटल २०१८को उपाधि भ्युसलोनी सुब्बाले जितेकी छिन् । सिनियर ब्याटल अन्तर्गत आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै सेन्ट मेरिज स्कुलकी भ्युसलोनी सुब्बाले यो उपाधि जितेकी हुन् ।

यस्तै जुनियर व्याटलको उपाधि आफ्ना ३५ प्रतिस्पर्धीलाई पछि पार्दै पोखराको सेन्ट मार्या स्कुलकी आयुषा थापाले जितिन् । सो प्रतियोगितामा सिनियरबाट सिनियरबाट एशियन पब्लिक स्कुलका अबेश उराउ र सिनियरबाटै सेकेन्ड रनरअप सरस्वती बोर्डिङ स्कुलका हिमेस शाक्य घोषित भए । मिडिया ल्याण्डद्धारा आयोजित सो प्रतियोगितामा जुनियर तर्फ फस्ट रनर अपको उपाधि भिएस निकेतनकी जेनियाँ तामाङले र सेकेन्ड रनरअपको उपाधि सरस्वती बोर्डिङ स्कुलकी कुसुम राणाले प्राप्त गरे ।

निशा पाठकले कोरियोग्राफी गरेको सो प्रतियोगिताको निर्णायकमा गायिका बबिता मानन्धर, व्युटिसियन सिता पाठक, संगीतकार गैरे सुरेश, अनिल शाही, अभिनेता दिक्पाल कार्की, मोडल जेनी श्रेष्ठ, सुहासिनी सिंह, किरण पन्त, गायक पुन्यम प्रधान र नृत्यकार स्वजन राजबँशी थिए । वाषिक परीक्षा दिएर बिदा बसेका स्कुले बालबालिकाको प्रतिभा प्रस्तुतिका लागि ६ वर्षबाट यो प्रतियोगिता गर्दै आएको मिडिया ल्याण्डकी अध्यक्ष प्रतिमा श्रेष्ठले बताईन् ।