करेन्ट यात्रामा सारिकाका गीत

काठमाडौं । नायिकाबाट गायिकामा बढुवा भएकी सारिका घिमिरेले गत आइतबार काभ्रेको बनेपामा दर्शकलाई गीतमार्फत नँचाएकी छन् । ‘करेन्ट सांगीतक यात्रा’ नाम दिइएको कार्यक्रममा सारिकासँगै आधा दर्जन भन्दा बढी गायकगायिकाको प्रस्तुति थियो ।

देशव्यापी रहेको करेन्ट साङ्गीतक यात्रा आइतवार वनेपा पुगेको हो । जहाँ गायक श्रीकृष्ण लुइटेल ‘बोकेदारी, डेभिड शंकर, डम्बर नेपाली, सारिका घिमिरे, टिका प्रसाईं, धुव्र विश्को र हास्य कलाकार माहदेव त्रिपाठीलगायतकाले प्रस्तुति दिएका थिए ।

वनेपा वसपार्कमा भएको कार्यक्रममा मनिषा थापा, इमा थापालगायतले नृत्य प्रस्तुत गरेका थिए । करेन्ट चाउचाउले आयोजना गरेको करेन्ट सांगीतक यात्रा देशका विभिन्न ठाउँहरुमा गर्न लागेको यसका ब्रान्ड एम्बेसडर श्रीकृष्ण लुइटेलले जानकारी गराए ।