भिडियोमा मेनुकाको जोवन ढल्कियो

काठमाडौं । गायिका मेनुका राई र युवा राईको पूर्वेली लोकभाका ‘ढल्कियो जोवन’ बोलको गीत ल्याएका छन् । पूर्वेली यस लोक गीतलाई निकै रुचाइएको छ । थुपै्र लोकप्रिय गीत दिइसकेकी गायिका मेनुकासँग यसै गीतमार्फत युवाको उदय भएको छ । पूर्वेली जुहारी ‘जोवन ढक्कियो’ युवा राईको पहिलो प्रयास हो । तर, उनको स्वरमा मिठास छ ।

प्रियजन राईको शब्द तथा कम्पोज रहेको यस गीतमा पूर्वेली लोक, माटो र संस्कृतिको सुगन्ध पाइन्छ । ‘ढल्कियो जोवन’ बोलको मेनुका र युवाको यस गीतको भिडियोलाई देबेन्द्र राई र देवमान तुम्बाहाम्फेले खिचेका हुन् भने सम्पादन डोलेन्द्र कटवालले गरेका हुन् । भिडियोमा गायिका मेनुका र युवाले नै अभिनय गरेका छन् ।