अनुजाको गुन्यो चोली पटुकी

काठमाडौं । गायिका अनुजा कडरियाको स्वरमा नयाँ गीत ‘गुन्यो चोली पटुकी’ सार्वजनिक भएको छ । दानबहादुर कार्कीको शब्द रहेको गीतमा वसन्त सापकोटाको संगीत रहेको छ ।

गीतको भिडियोमा बाल कलाकार आन्भी ओलीको अभिनय रहेको छ। उनले यसअघि बालापनको उमेर–२ मा अभिनय गरेकी थिइन्।

किरण थापाको निर्देशनमा तयार रहेको भिडियोमा पवन सुस्लिङ्गको छायांकन र सम्पादन रहेको छ।