सेलिसा र अभियान च्याम्प चितवन

चितवन । चितवनमा भएको ‘च्याम्प चितवन २०७५ को उपाधि सेलिसा आचार्य र अभियान पौडेलले जितेका छन् । गैडाकोटको नारायणी नदी किनारमा रहेको होटल नारायणी रिर्साेर्टमा फाईनलमा उत्कृष्ट प्रस्तुति दिदै बालिकातर्फ आचार्य र बालकतर्फ पौडेलले उपाधि हात पारेका हुन् । उनीहरुले उपाधिसँगै १५–१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र फस्ट मिस गुनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठ, कलाकार रिद्धिचरण श्रेष्ठ, सिनियर फोटोग्राफर राजभाई सुवाल, फिल्म निर्माता दिपक खाँडसहित प्रतियोगिताकी सञ्चालक लक्ष्मी पन्तले प्रदान गरेका थिए । प्रतियोगिताको बालिका तर्फको फष्ट रनर अफमा आयुषा काफ्ले र सेकेण्ड रनर अफमा अर्यानका केसी घोषित भएका थिए । बालक तर्फ फष्ट रनर अफमा आर्यन पोख्रेरल र सेकेण्ड रनर अफमा संयोग शर्मा घोषित भएका थिए ।

प्रतियोगितामा ‘मिस्टर एण्ड मिस टिन चितवन २०७५’ को उपाधी अनु श्रेष्ठ र आयुष पाण्डे हात पारेका छन् । प्रतियोगितामा ४८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस टिनमा अनु र मिस्टर टिनमा आयुषले उपाधी हात पारेका थिए । सो अवसरमा टिनका उपाधि विजेतालाई नगद १५र१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै प्रतियोगिताको टिन तर्फको फष्ट रनर अफमा एपिसा अधिकारी र सेकेण्ड रनर अफमा साहिसा सापकोट घोषित भएकी थिईन् ।

मिस्टर तर्फ फष्ट रनर अफमा दिवस अधिकारी र सेकेण्ड रनर अफमा सुशन जोशी घोषित भएका थिए । च्याम्प तर्फको अन्य विधामा मस्ट ट्यालेन्ट आयुसा काफ्ले र अनुकरणीय श्रेष्ठ, बेस्ट परफर्मेन्स सेलेस्ता आचार्य र बिध्वतमा भटराई, बेस्ट वाक युविसा रौनियार र साहीरा चुके, कन्जिनालिटी सम्रागी श्रेष्ठ र सुलभ खत्री, मस्ट डिस्सिप्लिन आर्यनका के सी र कुसुम खड्का, मस्ट पंचुअल आरजु अर्याल र रोस्नी गिरी, बेस्ट स्माइल प्रथमा लोहनी र अभिप्सा अधिकारी, मस्ट कन्फिडेन्ट सुभ्ना काप्री र आयुष पाण्डे, चार्मिङ्ग पर्सनालिटी गौरङ श्रेष्ठ र सुसन जोसी, फोटोजनिक आरती अर्याल अभियान पौडेल अंकुर पन्त सेजल कंडेल, मस्ट क्रियटिभ रोसी पौडेल र आदित्य कर्ण र मस्ट इनोसेन्ट बिभीका घिमीरे रहेका छन्।

होलीडेज क्रियसन होम प्रालिको आयोजनामा भएको प्रतिस्पर्धामा ४८ जना बालवालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगीतामा फस्ट मिस गुनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठ, सीनीयर फोटो ग्राफर राज भाई सुवाल, चलचित्र निर्माता दिपक खाँड, रामपुर कलेजकी सहायक डिन कल्याणी मीश्र र सन्तोष सापकोटा निर्णायक रहेका थिए । प्रतियोगितामा ७ देखि १३ वर्ष उमेरका बालबालिका सहभागीता जनाएका थिए ।