हावा गीतमा आवाज देउकी प्राश्ना

काठमाठौं । ‘आवाज देउ’ बोलको गीत गाएर चर्चामा आएकी गायिका प्राश्ना शाक्यको ‘हावा’ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ए हावा’ बोलको गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्दरचना छ । गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट छ ।

युवराज वाईबाको निर्देशनमा बनेको म्युजिक भिडियोमा अनिल र स्वेताको अभिनय छ । उत्सव दहालले खिचेको भिडियोमा निशान घिमिरेको सम्पादन छ ।