काले दाईको राइफलको सिरानी

काठमाडौं । फिल्म ‘काले दाई’को पहिलो गीत ‘राइफलको सिरानी’ सार्वजनिक भएको छ । गत वर्ष रिलिज भएको फिल्म ‘पर्व’ मा समावेश हिट गीत ‘काले दाई’बाट नाम सापटी लिएर निर्देशक शिव शर्माले यो फिल्म निर्देशन गरेका हुन् ।

सुमन बैरागीको शब्द र दीपक शर्माको संगीतमा तयार भएको गीतमा ध्रुव विश्को र सहिमा श्रेष्ठको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारीले कम्मर मर्काएका छन् ।

फिल्ममा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको फिल्ममा पवन गौतम र रामेश्वर कार्कीको छायांकन र तारा थापा किम्भेको सम्पादन छ । फिल्मको रिलिज मिति सार्वजनिक गरिएको छैन ।