बनेपामा गुञ्जियो प्रोजेक्ट वान

काठमाडौं । नेपालका चर्चित व्याण्डका सदस्यहरु आबद्ध भएको नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले ’फेरी उठ्नेछ नेपाल (४’ शिर्षकमा देशका मुख्य शहरहरुमा कन्सर्ट गर्ने भएको छ । व्याण्डवागन बाइ पोजिटिभ भाइब्सको प्रस्तुतिमा सन् २०१६ मा जावलाखेलमा नेपथ्यसँग फेरी उठ्नेछ नेपाल र सन् २०१७ मा यसको दोस्रो संस्करण नेपथ्यसँग नै पोखरामा गरेको थियो ।

त्यसपछी सन् २०१८ को सुरुवातमा बुटवलमा यसै शिर्षकमा फेरी उठ्नेछ नेपाल ३ विथ प्रोजेक्ट वानको आयोजना व्याण्डवागन बाइ पोजिटिभ भाइब्स गरिसकेको छ । अब व्याण्डवागन बाइ पोजिटिभ भाइब्सले फेरी उठ्नेछ नेपाल ४ अन्तर्गत देशका विशिन्न शहरमा कन्सर्ट गर्दैछ , जसको सुरुवात बनेपाबाट भएको छ । शनिवार ब्याण्डले बनेपामा आफ्नो भव्य कन्सर्ट गर्न सफल भएको छ ।

यसैगरी बनेपा बसपार्कमा आयोजित कन्सर्टमा सबैले आफ्नो हिट गीतहरु प्रस्तुत गर्नुका साथै एकले अर्काको गीत गाएका थिए । रविनले मुक्तिको गीत गाउदा स्याडोजले अनुप्रस्थको गीत गाएका थिए । यस किमिमको फ्युजन उपस्थित दर्शकलाई सरप्राइज थियो । साँझ ६ स् ३० देखि सुरु भएको कन्सर्ट झन्डै ८ स् ३० सम्म चलेको थियो । कन्सर्टमा सहभागी हुन् विशेषत युवा दर्शकको भिडभाड रहेको थियो ।

ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् । यसैले गर्दा पनि ब्याण्डको प्रस्तुति हेर्नका लागि बनेपाली दर्शकको राम्रो उपस्थिति रहेको थियो ।

व्याण्डवागन बाइ पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले दर्शकको उल्लेख्य उपस्थितिले आफुहरुलाई थप उर्जा मिलेको बताए । व्याण्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् ।