गजित हिरो बन्दा निष्मालाई हैरान

काठमाडौं । जेठ ४ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘हैरान’ को दोस्रो गीत ‘हिरो’ सार्वजनिक भएको छ । गीतमा फिल्मका कलाकारहरु गजित विष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ, सागर लम्साल र पुस्कर रेग्मी देख्न सकिन्छ । राजन इसानको स्वर र संगीत रहेको गीतमा गम्भीर विष्टको शब्द छ ।

पहिलोपटक गीत लेखेका गम्भीरले यो गीतमा पनि कोरियोग्राफी गरेका छन् । फिल्मको निर्देशन विश्वकै कान्छा निर्देशक सौगात विष्टले गरेका छन् । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लिएर आएका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मालगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री छिन् ।

फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट, द्वन्दमा चन्द्र पन्त, संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा निरज कडेलको छायाँकन र प्रितम पाण्डेको सम्पादन रहेको छ ।