सन्तपुरमा आकाश र पुजाको यस्तो प्रेम

काठमाडौं । तराईको सन्तपुर बस्तीको सुन्दर लोकेशनमा खिचिएको फिल्म ‘रामकहानी’को गीत ‘तिम्रो लागि म छु’को भिडियो सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा पत्रकारमाझ गीत सार्वजनिक गरिएको छ ।

गीतमा आकाश श्रेष्ठ र पुजा श्रेष्ठको रोमान्स छ भने केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राइलाई पनि देख्न सकिन्छ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तले स्वर दिएका छन् भने शब्द तथा संगीत अर्जुन पोखरेलको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

फिल्मको कथा तथा निर्देशन सुदर्शन थापाको छ । उनले यसअघिका फिल्ममा भन्दा रामकहानीमा केही नयाँ गर्न खोजेको बताए । उनका अनुसार फिल्म रोमान्टिक कमेडी लभस्टोरीमा आधारित छ । यो फिल्म पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् ।