महंगो मूल्यमा प्रदीप ब्राण्ड एम्बासेडर

काठमाडौं । अभिनेता प्रदीप खड्का शिक्षा क्षेत्रसँग आबद्ध भएका छन् । फिल्ममा लिने पारिश्रमिक भन्दा बढी पारिश्रमिक लिएर एउटा कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डर भएका छन् । ‘एब्रोड’ एजुकेशनका लागि १२ वर्षदेखि समयदेखि काम गर्दै आएको नयाँ बानेश्वरस्थित ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सीको लागि अभिनेता प्रदीप ब्रान्ड एम्बेस्डरको रुपमा चयन भएका हुन् ।  आईतबार राजधानीमा एक समारोहबीच पूर्व युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीको आतिथ्यमा प्रदीप ब्राडफोर्डका लागि नियुक्त भएका हुन् । अभिनेता प्रदीप खड्का र बोर्डफोर्डका प्रबन्ध निर्देशक पवन बिष्टले संयुक्त हस्ताक्षर गर्दै प्रदीप सो कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा आबद्ध भएका हुन् ।

‘नेपालीहरु जुन देशमा गएर भएपनि शिक्षित र दक्ष बन्नुपर्छ भन्ने उद्देश्य मेरो पनि भएकाले सोही उदेश्य अनुरुप एब्रोड एजुकेशनका लागि म ब्राडफोर्डमा एक वर्षका लागि आबद्ध भएको छु । यो एबवर्ष शिक्षा क्षेत्रमा पुरा समय दिएर ब्राडफोर्ड मार्फत म धेरै भन्दा धेरै नेपालीलाई अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न देशबाट उच्चशिक्षाको डिग्रीका लागि सारथी बन्नेछु ।’ प्रदिपले भने ।

पूर्व खेलकुद मन्त्री राजनकुमार केसीले नेपालीहरु अझ गुणस्तरीय शिक्षाका लागि बिदेश गएर डिग्री दिनु राम्रो भएको बताउँदै अभिनेता प्रदीपलाई शिक्षा क्षेत्रसँग आबद्ध भएकोमा उनले बधाई दिए ।
चलचित्र र शिक्षालाई जोड्दै कलाकारहरुले शिक्षा क्षेत्रमा पनि योगदान दिनसक्छन भनेर ब्राडफोर्डको ब्रान्ड एम्बेस्डरमा अभिनेता प्रदीप खड्कालाई चयन गरेको यसका प्रबन्ध निर्देशक पवन बिष्टले बताए ।