लम्फूकी तरकारीवालीप्रति पत्रकारको चासो

काठमाडौ । आगामी शुक्रबार प्रदर्शन हुने फिल्म ‘लम्फू’को निर्माण र कलाकारको युनिट मोफसल यात्रा पछि काठमाडौं फर्किएको छ । कबिर खड्का, सञ्जीत भण्डारी, आयान खड्का, निर्देशक गोपालचन्द्र लामिछाने, निर्माता शक्तिबल्दभ घोरासैनीले धरानदेखि पोखरासम्मको यात्रा गर्दा अधिकांश स्थानमा पत्रकारको प्रश्न कुसुम श्रेष्ठ ‘तरकारीवाली’को विषयमा पत्रकारका प्रश्न सुनिए ।पत्रकार सम्मेलनमा सबै स्थानहरुमा तरकारीवालीको प्रसंग प्रमुख स्थानमा हुँदा कुसुम चाहिँ हेटौडा र चितवनमा मात्र देखिइन् । पत्रकारले ‘तरकारीवाली’लाई किन फिल्ममा लिनुभयो ?

‘तरकारीवाली’को भूमिका के छ ? कतै तपाईँहरुले तरकारीवालीलाई प्रयोग मात्र गर्नुभएको त होईन ? तरकारीवाली लिएर चर्चा भएपछि फिल्म हिट हुन्छ भनेर लिनुभएको हो ? तरकारीवालीलाई कसरी फिल्ममा अभिनय गर्न राजी गराउनुभयो ? जस्ता प्रश्नहरु निर्माता(निर्देशक माथि आएका थिए । निर्देशक गोपालचन्द्र लामिछानेले कुशुमलाई प्रयोग गरेको तर गलत प्रयोग नगरिएको बताए ।

चर्चाको नामलाई प्रयोग गरेर फिल्म हिट बनाउन खोजिएको हो की भन्ने पत्रकारहरुको निर्देशक लामिछानेले तरकारीवालीलाई होइन कुशुम श्रेष्ठलाई अभिनय गराएको बताए । उनले तरकारीवाली उनको एक्कासी जुरेको पहिचान मात्र रहेको बताए । तरकारीवाली भन्दा अलिक फरक तरिकाले कुशुमले अभिनय गरेको खुलाए ।

पत्रकार भेटघाटका क्रममा नायक कबिर खड्काले आफ्नो लागी ‘लम्फू’ भाग्य निर्धारक भएको बताए । उनले अहिले आफ्नो परिचय नै लम्फू बनेको बताए । कलाकारहरु सञ्जीत भण्डारी र आयान खड्काले ‘लम्फू’ मौलिक नेपाली फिल्म रहेको बताए । फिल्मका निर्माता शक्तिबल्दभ घोरासैनीले काठमाडौ उपत्यका बाहिर फिल्मको ठुलो बजार रहेकोले प्रचारप्रसारको लागी मोफसल पुगेको जानकारी दिए ।