१२ लाखमा बिक्यो कुम्भकरण !

काठमाडौं । आकाश पल इन्टरटेनमेन्टको व्यानरमा बनेको फिल्म ‘कुम्भकरण’ अष्ट्रेलियामा रिलिजका लागि १२ लाख नेपाली रुपैंयाँमा बिक्री भएको छ । आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरकोतर्फबाट गणेश मल्ल ठकुरी बीच अष्ट्रेलियाको कपी राइट्सको सम्झौता भएको हो ।

यो फिल्म असार ८ गते नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शनमा आउँदैछ । फिल्ममा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्रहरी, कमल गाउँले, सदभाव थापालगायतको अभिनय छ ।

दीपक ओली निर्देशित फिल्ममा बिजय श्रेष्ठ, गिरप्रसाद घर्तीमगर, चित्रबहादुर घर्तीमगर र क्षितिज बस्नेतको लगानी छ । फिल्मका कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण) छन् भने लाइन निर्माताको रुपमा सरिता गिरी रहेकी छिन् । फिल्मको यस अघि नै सार्वजनिक ’कुटु कुटु यो मुटु खाने भो’ बोलको गीत चर्चामा रहेको छ ।