प्रेमलिलामा दिपशिखाको फेरिएको रुप

काठमाडौं । नायिका दिपशिखाको लगानीमा बनिरहेको फिल्म ‘प्रेमलीला’को यतिबेला धमाधम छायांकन भइरहेको छ । फिल्मको सुटिङ अघि कपाल पालेकी दिपशिखाले यो फिल्ममा कपाल मुण्डन गरेकी छन् । उनले कपाल मुण्डनको रहस्य थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने बताएकी छन् ।

‘कपाल मुण्डनको रहस्य के हो अहिले भन्यो भने फिल्मको कथा खुल्न सक्छ । त्यसकारण अहिले यो विषयलाई सस्पेन्समै राखौं ।’ उनले भनिन् । केही दिन अघि मात्र फिल्ममा समाबेश ‘जाने क्या हुवा ए’ बोलको हिन्दी गीतको पोखरामा छायांकन सकिएको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा दिपशिखा खड्का र नायक अली खानले फिचरिङ गरेका छन् । गीतमा बलिउड गायक राजा हसन को स्वर छ ।

जनक पाण्डेको निर्देशन रहेको फिल्ममा दिपशिखाकै कथा छ । फिल्ममा सुरज तमु र रेखा शाहको पनि अभिनय छ । पवन गौतमको छायांकन रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत छ ।