शंकर र सुमिको फाष्ट फाष्ट

काठमाडौं । पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्को लगातार नृत्यपरक तर फरक शैलीका स्वादमा फरकपनसहित गीतसंगीत दिँदै आएको टिम ‘डश म्युजिक’ र चाम्लिङ ईन्टरटेइन्टमेन्टले सबैलाई नचाउन नयाँपनको गीत लिएर आएको छ । शंकर थापा स्माइल र गायिका सुमि चाम्लिङ राईको स्वरमा रहेको ‘फास्ट–फास्ट’ बोलको डान्सिङ बिटको गीतमा नायिका प्रियंका कार्की र सुनिल क्षेत्रीको साथमा नेपाली ठिटोले फिचरिङ गरेका छन् ।

गीतमा गीतकार डिपी खनालको शब्द र संगीतकार तथा गायक शंकर थापा ‘स्माईल’को संगीत छ । गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । म्यूजिक भिडियोलाई अनिलकुमार मानन्धरले खिचेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको यस गीतको अडियो भिडियो डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा प्रकाशन गरिएको हो ।