मेन अफ दी वल्र्ड नेपाल घोषणा

काठमाडौं । पुरुष सौन्दर्य प्रतियोगिता ‘मेन अफ दी वल्र्ड नेपाल २०१८’ हुने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी दिइएको हो । जुम इन इभेन्टले आयोजना गर्न लागेको यो प्रतियोगिता फिलिपिन्सको फ्रेन्चाइज हो ।  कार्यक्रममा गायक अनिल सिंह, सञ्चारकर्मी जीपी तिमिल्सिना, प्रतियोगिताको एमडी रुथ मास्के, कोरियोग्राफर आशिक ताम्राकार, अंकित तिवारी, मेन अफ दि वल्र्ड २०१७ का विजेता डा. श्रीराम चन्दलगायतले प्रतियोगिताका बारेमा बोलेका थिए ।

इभेन्टको बुटवल, बिराटनगर, धरान र चितवनमा अडिसन सम्पन्न भइसकेको छ । भने काठमाडौँमा आगामी वैशाख ३० र ३१ मा अडिसन हुँदैछ । म्यान अफ द वल्र्ड–२०१८ मा भाग लिन चाहने जो कोहिले पनि अनलाइनबाट फारम भर्न सक्ने छन् । अन्तर्राष्ट्रिय स्तरमा पुरुष मोडलहरुको क्षमताको विकास गर्न तथा नेपाली युवा मोडलहरुलाई अन्तर्राष्ट्रिय स्थरमा पुर्याउनका लागि यो प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिताका सिओ विमल परियारले जानकारी गराए । म्यान अफ द वल्र्ड २०१८को फाइनल २०७५ असारको पहिलो हप्ता होटल अन्नपूर्णमा स्थित सम्पन्न हुने छ ।

प्रतियोगितामा पहिलो हुने प्रतिस्पधीले नगद रु एक लाख साथै फिलिपिन्सबाट लाइसेन्स, अन्तर्राष्ट्रिय टुरको प्याकेजका र नेपालबाट अन्य देशहरुमा भाग लिन पाउने छन् । भने दोस्रो हुनेले नगद रु ५० हजार र तेस्रो हुनेले २५ हजार पाउने छन् । त्यस्तै फस्ट रनरपले २५ हजार र दोस्रोले १५ हजार नगद प्राप्त गर्ने छन् ।