सन्तोषको भिडियोमा छुल्ठिम मैच्याङ

काठमाडौं । दोस्रो नेपाली तारा गायक सन्तोष लामाको नयाँ गीत ‘कोन्ज्योसोमको कसम’को भिडियो सार्वजनिक भएको छ । गायक लामाले आफ्नै च्यानलमार्फत तामाङ सेलो फ्लेबरको गीत सार्वजनिक गरेका हुन् ।

सन्तोषको आफ्नै शब्द र संगीत रहेको गीतमा चांद सिङको संगीत संयोजन रहेको छ । भिडियोमा नायिका छुल्ठिम गुरुङको साथमा तामाङ फिल्मका नायक कुमार मोक्तान र विशाल लामाको अभिनय छ ।

भिडियोमा एक युवकले सुन्दरी मैच्याङको विभिन्न शारीरिक सुन्दरता र राम्रो आनीबानीको बयान गरिएको भावलाई देखाइएको छ । भिडियोमा सुमन लामाको निर्देशन, ज्ञानेन्द्र शर्माको छायांकन र निशान घिमिरेको सम्पादन छ ।