हैरानको प्रेमगीतमा कलाकारको प्रेम

काठमाडौं । फिल्म ‘हैरान’मा रहेको ‘तिमी मुस्कुराउँदा’बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा गजित विष्ट, निश्मा घिमिरे, मोहमद वशिम राजा र आरोही शर्माले फिचरिङ गरेका छन् । स्वरूपराज आचार्य र दुर्गा परियारको स्वर रहेको गीतमा शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी छ ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार फिल्मलाई कमेडी र एक्सन जनरामा तयार पारिएको छ । फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, शिशिर भण्डारी, एन्जल राई, आरोही शर्मालगायतको अभिनय छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट, द्वन्दमा चन्द्र पन्त, संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्म जेठ ४ मा रिलिज हुँदैछ ।