त्रिविका विद्यार्थीमाझ लम्फू प्रचार

काठमाडौ । यही शुक्रवारबाट रिलिज हुने फिल्म ‘लम्फू’ युनिटले गत बुधबार त्रिभूवन विश्वविद्यालयमा फिल्मको प्रचारप्रसार गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद, नेपालले आयोजना गरेको ‘कला, साहित्य एवं साँस्कृतिक’ कार्यक्रममा फिल्मका प्रमुख कलाकार कबिर खड्का, सञ्जित भण्डारी र आयान खड्काले पाँच सय बढी विद्यार्थीमाझ फिल्मको प्रचार गरे ।

क्षमता भएर पनि बेरोजगार हुँदाको पीडाको कथा बोक्ने फिल्म यूनिट नेपालकै ठुलो विश्वविद्यालयमा पुगेको हो । कबिरले ‘लम्फू’ आफ्नो लागि अग्निपरिक्षा रहेको बताउँदै विद्यार्थीलाई फिल्म हेरिदिन आग्रह गरे ।  कलाकार सञ्जितले त्रिविमा पहिलो पटक नेपाली फिल्मको प्रचार गर्न पाएकोमा खुसी व्यक्त गरे । अर्का कलाकार आयनले फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे । गजलकार ज्ञानुवाकर पौडेलले चकेलटी कलाकारहरुको अभिनय रहेका कारण ‘लम्फू’ हिट हुने बताए ।

गोपालचन्द्र लामिछानेको निर्देशन रहेको फिल्ममा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा, कुसुम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।