प्रेमिका करुणासँग बल्छी ध्रुवेको लगनगाँठो

काठमाडौं । हाँस्य टेलिसिरियल ‘मेरीबास्सै’ मा ‘बल्छी धुर्बे’ नामबाट परिचित कलाकारले लमजुङ भोटेओडारकी करुणा खड्कासँगको ६ वर्षे लामा प्रेमसम्बन्धलाई पूर्णता दिँदै लगनगाँठो कसेका छन् ।  शुक्रबार काठमाडौको म्हेपि मन्दिरमा परम्परा अनुसार बिवाह गरेका हुन् । मन्दिरबाट विवाह गरेसँगै बल्छीले आफ्नो निवास गोर्खा लगेर करुणालाई भित्र्याए ।

विवाह समारोहमा दुईपरिवारका सदस्य बाहेक कलाकारहरु खासै देखिदैनथे । मरिचमानले ६ बर्ष अघि सिताराम कट्टेल ‘धुर्मुस’सँग लमजुङको एक कार्यक्रममा जाँदा करुणासँग चिनजान भएको बताए । ‘कार्यक्रमको सिलसिलामा धुर्मुस दाईसँग लमजुङ जाँदा करुणसँग परिचय भयो । पछि कुराकानी हुँदै जाँदा मायाप्रेममा परियो’, उनले भने । करुणाले मनमिल्ने मान्छे पाएकोमा निकै खुसी भएको बताईन् ।