‘फिल्म निर्माणलाई निरन्तरता दिन्छौं’

काठमाडौं । लामो समयपछि फिल्म निर्माणमा फर्किएको महसञ्चारले निर्माण गरेको फिल्म ‘शत्रु’ गतेले शनिवार प्रदर्शनको ५१ औ पुरा गरेको छ । फिल्मका प्रमुख कलाकार, प्राविधिक, पत्रकार तथा फिल्मकर्मी उपस्थित कार्यक्रममा महसञ्चार प्रमुख मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आगामी दिनमा पनि फिल्म निर्माणलाई निरन्तरता दिने घोषणा गरे । ‘लामो समयपछि फिल्म निर्माणमा फर्किदा दर्शकले यति धेंरै माया दिनुभयो । अब हामीलाई फिल्म निर्माणमा नयाँ उत्साह पलाएको छ । त्यसकारणलाई यसलाई निरन्तरता दिइरहनेछौं ।’हरिवंशले भने ।

प्रदिप भट्टराई निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेशरन्जन झालगायतको अभिनय छ । फिल्मका प्रस्तुतकर्ता किरण केसीले सत्र वर्षमा फिल्म ‘शुत्र गते’ निर्माण गरेको स्मरण गर्दै आगामी दिनमा मह सञ्चारकै व्यानरमा फिल्म निर्माण गर्ने बताए ।

हरिवंशकै कथा रहेको फिल्ममा निर्देशक भट्टराई र दीपकराज गिरीको पटकथा र निर्देशक भट्टराई तथा हरिवंश आचार्यको संवाद छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, स्व.यसोदा श्रेष्ठ र रमिला आचार्यको लगानी छ ।