कान्समा महिला फिल्मकर्मीको साइलेन्ट प्रोटेस्ट

पेरिस(एजेन्सी) । फ्रान्सको कान्समा जारी ‘कान्स फिल्म ंफेस्टिभल’मा महिला फिल्मकर्मीमाथि हुने भेदभावका विरुद्ध शनिवार ८२ महिलाले ‘साइलेन्ट प्रोटेस्ट’ गरेका छन् । हलिउड अभिनेत्रीहरु क्रिस्टन स्ट्रीवर्ट, जेन फोन्डा, सलमा हायक, मेरियन कोटिलर्डलगायत थिए ।

समाचार अनुसार यी महिलाले साइलेन्ट प्रोटेस्ट गर्नुपर्ने अर्को कारण पनि छ । ‘कान्स फिल्म फेस्टिभल’ शुरु भएपछि हालसम्म १६४५ पुरुष निर्देशकको तुलनामा ८२ जना मात्र महिला निर्देशक यो फेस्टिभलमा प्रतिष्पर्धी बनेका छन् । महिला फिल्मकर्मीले फ्रेन्च फिल्म निर्माता इवा होसनको फिल्म ‘गल्र्स अफ द सन’ प्रिमियर ताका प्रदर्शन गरेका थिए । यो वर्षको प्रतिष्ठित ‘पाल्मा दोर’ अवार्डका लागि मनोनयनमा परेको सूचीमा २१ फिल्ममध्ये तीन फिल्म महिला निर्माताका छन् । जसमा इवा पनि परेकी छन् ।

हलिउडमा पछिल्लो समयमा महिलामाथि यौन शोषण हुने तथ्य दिनानुदिन बाहिर आउन थालेको छ । निर्माता हार्वी वीनस्टीनमाथि धेरै अभिनेत्रीले यौन शोषणको आरोप लगाएका थिए । उनले मिटिङ तथा पार्टीमा बोलाएर होटलमा लगी आफूलाई मसाज गर्न लगाउने गरेको उनीहरुले आरोप लगाएका छन् ।

यो घटनापछि अभिनेत्री अलायसा मिलानोले #MeToo अभियानको शुरुवात गरेकी थिइन् । उनले टवीटरमा ‘यदी कोई यौन उत्पीडन या शोषणको शिकार भएका छन् भने उनीहरुले me too लेखेर ट्वीटरमा रिप्लाई गर्न आग्रह गरेकी थिइन् । उनको यो अभियान निकै प्रभावकारी भएको थियो ।