उत्कृष्ट गायकलाई ओशियन म्युजिकको अफर

काठमाडौं । सुर संगम ग्रुपले आयोजना गरेको गायन प्रतियोगितामा उत्कृष्ट पाँचमा पुगेका गायक गायिकालाई पुरस्कार प्रदान गरिएको छ । हाम्रो सुर संगम गायन प्रतियोगितामा सुदेश मगर प्रथम, सपना राई द्धितिय, अर्जुन राई तृतीय, एडवीन गुरुङ चौंथो र बिनि ढकाल पाँचौं भएका थिए । उक्त कार्यक्रममा २ सयजनाले अडिसन दिएका थिए ।

उक्त प्रतियोगिताको निर्णायकहरुमा खेम ठटाल,असिम राई, रमेश राई र समिर राई थिए । प्रतियोगितामा प्रथम हुनेलाई ओशियन म्युजिकको तर्फबाट एउटा गीत रेकर्ड गराउने र उक्त गीतको भिडियो बनाई दिने ओशियन म्युजिकका प्रबन्धक तथा संगीतकार ओम प्रकाश राइले जानकारी दिए । सुर संगम ग्रुपको अध्यक्ष चन्द्र सोताङ विदेशमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । कार्यक्रममा विजेताहरुले गीत गाएका थिए ।