अमेरिका बोइजको हँसाउने ट्रेलर

काठमाडौं । अमेरिका जाने बहानामा घरबाट पैसा मगाएर खाडी मुलुकबाट फर्किने युवाको कथा समेटिएको फिल्म ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक भएको छ । जेठ १८ बाट प्रदर्शनमा आउने फिल्ममा प्रवेश पौडेलको निर्देशन छ । फिल्मको ट्रेलर आइतबार पत्रकारमाझ राजधानीमा सार्वजनिक गरियो ।

ट्रेलरमा कमेडी दृश्य, संवाद र केही सस्पेन्स कुराहरु पनि राखिएका छन् । फिल्ममा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलियालगायतको अभिनय छ ।

प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल निर्माता रहेको फिल्मको सह–निर्माता अनुप थापा, यमुना खरेल र राज केसी तथा कार्यकारी निर्मातामा समिर खरेल छन् ।