काठमाडौं । फिल्म ‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक भएको छ । निर्माण पक्षले युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत गीत सार्वजनिक गरेको हो । गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ ।
गीतमा सपना साकार हुन नपाउँदै भत्किएको संसारको मर्म देखाइएको छ । गीतको यो कथा देखाउन भिडियोमा आयुशमान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ छन् । वियोगान्त गीतले फिल्मको कथा संकेत गरेको छ ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्ममा बेनिशा, अर्पण, आयुशमान, सृष्टिसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । फिल्ममा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
माघ १६ गते रिलिज हुने फिल्ममा बलिराम चौहानको निर्देशन छ । स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।







