दलजितको कश्मिरी डिजाइनमा फेसन रनवे

काठमाडौं । कश्मिरमा हुर्किने जफ्रान नामक केसर प्रजातिको वृक्षबाट डिजाइन गरिएका पहिरनको राजधानीमा प्रदर्शन हुने भएको छ । बहुमूल्य प्रजातिको यो वृक्षबाट प्रभावित भएर फेसन डिजाइनर दलजित सुदानले तयार पारेका पहिरनमा २४ व्यावसायिक मोडलले जेठ ११ गते हुने ‘दलजित सुदान फेसन रनवे २०१८’ नामक ¥याम्प सोमा बिरालो चाल चाल्नेछन् ।

नेपालका थुप्रै फेसन सोमा आफ्ना डिजाइन प्रस्तुत गरिसकेकी सुदानको यो पहिलो एकल सो हो । ‘फेसन सोका लागि म निकै उत्साहित छु,’ उनले भनिन्, ‘अहिलेसम्म ¥याम्पमा प्रस्तुत नभएका र प्राकृतिक डिजाइनले सोमा प्राथमिकता पाउनेछन् ।’ उनका अनुसार मोडलले सोमा जादु, पारदर्शिता र परम्परागत गरी तीन सिक्वेन्समा ¥याम्प नाप्नेछन् ।

ट्रेसेम्मेको प्रस्तुतिमा हुने यो फेशन सो नेपालकै ठूलो फेसन सो हुने आयोजकको दाबी छ । सोको व्यवस्थापक नेक्स्ट मोडल नेपालका व्यवस्थापक रवी धमलाले अहिलेसम्म नेपालमा भएका फेशन शो भन्दा आफ्नो सो फरक हुने बताए । ‘नेपालमै पहिलो पटक १ सय ९२ फिट लामो युसेफ ¥याम्प स्टेजमा मोडलले क्याटवक गर्नेछन्,’ उनको दाबी थियो, ‘यो स्टेजमा हिँड्दा मोडललाई केही मिनेट समय लाग्नेछ । त्यही अनुसार हामीले स्टेजको डिजाइन गरेका छौं ।’ उनले सोले नयाँसँगै पुराना मोडललाई स्थापित गराउने वातावरण दिने जनाए ।

आयोजकका अनुसार शोमा नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, विवेक खड्कालगायतको सहभागिता हुनेछ । दलजितका डिजाइनहरु नेपालबाहेक भारत र बंगलादेशमा पनि प्रदर्शन गरिएका छन् ।