काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’ सार्वजनिक भएको छ । गीतकार सुमन पण्डितको शब्द तथा संगीतमा तयार भएको गीतमा गायक रामजी खाँड र गायिका सन्जु न्यौपानेको स्वर छ । गीतमा मदन केसीको संगीत संयोजन र कुमार रानाको मिक्सिङ छ ।
गीतको भिडियोमा मोडलद्वय स्मारिका ढकाल र सुरेश कोल्हीको अभिनय छ । मुस्ताङको मुक्तिनाथ, ढुम्बाताल, कुछपतेरङ्गा गुम्बा, ठिनी, जोमसोम बजार, मार्फा, कागबेनीलगायतका स्थानमा गीत छायांकन गरिएको छ । म्यूजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् ।
करन चैंसिरको छायांकन तथा विनोद बमको सम्पादन रहेको यो गीतको प्रस्तुतकर्ता बादल थकाली हुन् । शुभकामना मिडिया सोलुशनको ब्यानरमा निर्माण भएको गीत प्रस्तुतकर्ता बादलथ कालीको अफिसियल यूट्यूब च्यानल मुस्ताङ लभरबाट सार्वजनिक भएको छ ।




