क्वालिटी इन्टरटेनमेन्ट अवार्डको तयारी

काठमाडौं । क्वालिटी फिल्मस्ले ‘पाँचौ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८२’ आयोजना गर्ने भएको छ । अवार्डको लागि यही ७ जेठबाट फारम खुला गरिएको छ । २०८२ बैशाख १ गतेबाट २०८२ चैत ३०सम्म रिलिज भएका गीतहरुले यो प्रतियोगितामा सहभागी हुन पाउने आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङले बताए ।

फिल्म, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ । यो अवाडको लागि गीत संगीत अन्तर्गत लोक, आधुनिक, पप अधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावको गीत, फिल्म गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानी मिश्रण तथा म्युजिक भिडियो अन्तर्गत मोडल, सम्पादक, छायाँकार, नृत्य निर्देशक, निर्देशक जस्ता विधामा फारम खुला गरिएको गुरुङले जानकारी दिए ।

यस्तै म्युजिक भिडियो अन्तर्गत निर्देशक, मोडल महिला÷पुरुष, छायाँकार, सम्पादकजस्ता विधामा अवार्ड प्रदान गरिने छ । यसैगरी फिल्म विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०८२ बैशाख १ बाट २०८२ चैत ३०सम्म रिलिज भएका फिल्महरुले भागलिन पाउने छन् । जसमा निर्देशक, नायक, नायिका, नवनायक, नव नायिका, सहनायक, सहनायिका, खलचरित्र, चरित्र अभिनेता, अभिनेत्री, हास्य अभिनेता, छायाँकार, सम्पादक, रंग संयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा फारम खुला गरिएको छ ।

अवार्डको फारम यही साउन अन्तिमसम्म बुझाउनु पर्नेछ । यो अवार्डको अफिसियल पेजबाट तथा आयोजकबाट फारम लिन सकिने छ ।