दर्शकलाई बलिरामको ल्याङ्ग ल्याङ्ग

काठमाडौं । निर्देशक बलिराम चौहानले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । गतवर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् ।

निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ । ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो ।

थिम पोस्टरमा कुनै एक सहरको पार्कमा एउटा झोला, झोलामा हेडसेट, बाफ उडिरहेको कफी, कफीको बट्टामा लब साइन, छरिएका दुईटा डायरी र पेन । जिन्सको आउटर र कालो चस्मा र अलपत्र परेको बुके र सँगै रहेको गुड भाइब्स लेखिएको स्टिकर । यी सबै कुराले अचानक प्रेममा धोका पाएको प्रेमीको कथा ‘ल्याङ्ग ल्याङ्ग’ले भन्ने संकेत गरेको छ ।

फिल्मको कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन् ।