कलाकार संघलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन निर्माणका लागि दुई संस्थाले आर्थिक सहयोग गरेका छन् । फिल्मस् एण्ड एड फिल्मस्का कार्यकारी निर्देशक तथा फिल्मकर्मी गेहेन्द्र धिमालले दुई लाख ५१ हजार १ सय ११ रुपैंयाँ संघका अध्यक्ष रामकेशर बोगटीलाई हस्तान्तरण गरे ।

त्यस्तै ग्लोबल नेपाली फिल्म अवार्ड र नेपाल फिल्म सोसाइटीका तर्फबाट नेपाल चलचित्र कलाकार कल्याणकारी कोषका लागि सोसाइटीका अध्यक्ष कृष्ण मल्लले अध्यक्ष बोगटीलाई एक लाख २० हजार रुपैंयाँको चेक हस्तान्तरण गरेका छन् । संघका अध्यक्ष बोगटीले संस्थाप्रति विश्वास गरेर सहयोग गर्ने दाताप्रति आभार व्यक्त गर्दै दाताको सहयोगलाई सही रुपमा प्रयोग गर्ने बताए ।