युट्युबमा आयो राजेश–शिवको बागमती

काठमाडौं । फिल्म ‘बागमती’ युट्युबमा सार्वजनिक भएको छ । लामो समयपछि राजेश हमाल र शिव श्रेष्ठ एकसाथ स्क्रिन शेयर गरेको यो फिल्म प्राविधिक पक्षले पनि चर्चामा थियो । फिल्ममा दक्षिण भारतीय प्राविधिकको उपस्थिति र महंगो बजेटका कारण पनि फिल्मले राम्रो चर्चा पाएको थियो ।

यो फिल्ममा अभिनय गरेपछि राजेश हमालले फेसबुकमा नै बागमतीमा अभिनय गरेर आफूले गल्ती गरेको सार्वजनिक गरेका थिए । व्यावसायिक सफलता पाउन नसकेको फिल्ममा राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, रविकरप्रसाद घिमिरे, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, कञ्चन ठकुरी र शितल केसीको अभिनय छ ।

सन्नी केरलाको निर्देशनमा तयार भएको फिल्मलाई ट्री ईन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । फिल्ममा विजय सत्याल प्रस्तुतकर्ता तथा दिनेश दर्शनधारी र यशोदा राई निर्माता छन् ।