काठमाडौँ । गायक बसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत ‘माया हिरिक्कै’ सार्वजनिक भएको छ । गीतमा नवराज पन्तको शब्द र वसन्तको संगीत तथा श्यामश्वेत रसाइलीको एरेन्ज छ । सुनितामी परियार युट्युव च्यानलबाट सार्वजनिक भिडियोमा पल शाह र सुनितामीको अभिनय छ ।
गम्भिर बिष्टको निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायांकन, प्रविन भट्टको सम्पादन, प्रशान्त मगरको कोरियोग्राफी छ । वि.स.२०६६ सालमा पहिलो गीत ‘भिरमा लर्क्यो खर’मा स्वर दिएर सांगीतिक यात्रा सुरु गरेकी सुनितामीले अहिलेसम्म झण्डै ९ सय गीत गाइसकेको बताउँछिन् ।
उनका यसअघिका ‘रुमाल साट्न पर्दैन’, ‘साईली रिमै’, ‘अभागी त म हुँ’, ‘ढुङ्गा जस्तो मन’लगायतका गीत हिट छन् ।




