काठमाडौं । गायिका पुनम बस्याल र गायक धर्मेन्द्र अर्यालको स्वरमा भजन गीत ‘नारायण हरिहरि सार्वजनिक भएको छ । गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छ्न भने पुनमको शब्द संकलन छ ।
पुर्ण संयोगको म्युजिक एरेन्ज रहेको गीतको भिडियोमा राजु अर्यालको निर्देशन, प्रबिण थापाले कोरियोग्राफी, हरिस महराको छायांकन र नवीन घर्ती मगरको सम्पादन छ ।
भिडियोमा पुनम बस्याल ,फ्रेन्सिअ बस्याल, रेखा भट्टराई, शंकर शाही ठकुरी, प्रमिला गहतराज, साधना अर्याललगायतको अभिनय छ । गीत पुनम बस्याल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।




