बिरालो चालमा रणवीरका कलाकार

काठमाडौं । एउटा गीत थाँती राखेर बाँकी छायांकन सकाएको फिल्म ‘रणबीर’का अभिनेता सुशिल पोखरेल र अभिनेत्री शुभेच्छा खड्का ¥याम्पमा प्रस्तुत भएका छन् । आरआर गु्रपले शुक्रबार राती काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना गरेको चौथो ‘एन्जल अन द फ्लोर’ फेशन शोमा उनीहरु सो टपरका रुपमा प्रस्तुत भएका हुन् ।

कार्यक्रममा फिल्मको एउटा गीतमा कलाकारले नृत्य पनि प्रस्तुत गरेका थिए । फिल्मकी निर्माता गोमा बिष्टले एलेक्सी फेसनका तर्फबाट कलेक्सन गरेका गर्मी लक्षित पहिरनका साथ रफिल्मका अभिनेता अभिनेत्री, निर्माता दिपेन्द्र रेग्मी र गोमा मञ्चमा उत्रिए । धिमे वाजासहित सुरु भएको फेशन शोको शुरुमा अभिनेत्री सारा सिरपाली मञ्चमा प्रस्तुत भएकी थिईन् ।  गर्मी तथा वर्षालाई मध्यनजर गरेर तयार पारिएका समर फेशन सहित सो कार्यक्रममा१८ जना मोडलहरु ¥याम्पमा उत्रिएका थिए । गायिका मनिषा पोखरेलले तयार पारेका पहिरन जिन्समा सारी लगाएर मोडलहरु प्रस्तुत भए ।

यस्तै सुनिल महर्जन र सुष्मा महर्जनले तयार पारेको गर्मी लक्षित जिन्सका स्कर्ट, वान पिस, टु पिस, हाफ पाईन्टमा सजिएर मोडलहरु अर्को सिक्वेन्समा प्रस्तुत भए । एस आर कलेक्सनका तर्फबाट प्रस्तुत गरिएको गाउन र विभिन्न फेशन डिजाईनरले तयार गरेको ढाकाको पहिरन सिक्वेन्स पनि फेशन शोको आकर्षण बनेको थियो ।

फेशन शो आयोजक आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले बिगतका वर्षमा झै यस पटक पनि गर्मीलाई लक्षित गरेर तयार पारिएका फेशनहरुलाई यो फेशन शोमा प्रस्तुत गरिएको बताईन् । फेशनको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । मोडलहरु कुसुम तामाङ, दिव्य थापा, मन्दिरा राणा, प्रियंका, श्वेच्छा, कविता, दावा, एनी, रासिया, पल्लभी, मिलु, मेहन्दी, जुनु, रिजिना, दृष्टी र सिमा लगायतका मोडल ¥याम्पमा उत्रिएका थिए ।