प्रदीप भन्दैछन्,‘के हो त खास’

काठमाडौं । गायक प्रदीप सुन्दासको ‘के हो त खास’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक प्रदीप स्वयमकै शब्द तथा संगीत रहेको छ । भिडियोमा अश्मित पोखरेल र पूजा जोशीले अभिनय गरेका छन् । गीतको भिडियोलाई स्वयम अश्मितले निर्देशन गरेका हुन् ।

सर्ट फिल्म र म्युजिक भिडियो गरीे दुई दर्जन बढी सिर्जना निर्देशन गरिसकेका अश्मितले युवापुस्ताले गीतको भिडियो मन पराउने आशा व्यक्त गरे । अश्मित इन्टरटेन्मेन्ट प्रस्तुत गीतको भिडियोलाई दीपक अधिकारीले छायांकन गरेका हुन् । सार्वजनिक भिडियोलाई विजय राजले सम्पादन गरेका हुन् ।