६ देशमा मितज्यू सोल्ड आउट

काठमाडौं । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मितज्यू’ ६ देश हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ। मंगलबार निर्माण पक्षले यी देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो।

फिल्मका निर्माता जनक घर्ती मगरका अनुसार फिल्मको हङकङ प्रदर्शन अधिकार पाथिभरा इन्टरटेनमेन्टले, जापानका लागि वाउ इन्टरटेनमेन्ट, साउथ कोरियाका लागि नेपाल मगर संघ, माल्टाका लागि नेप फाइभ इन्टरटेनमेन्ट र पोल्याण्डका लागि सोल्टी इभेन्टले किनेका छन्।

फिल्मका दुई गीत ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ दर्शकमाझ लोकप्रिय बन्दै गएका छन्। ग्रामीण परिवेशमा आधारित यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारहरूको अभिनय रहेको छ।

आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। फिल्म आगामी जेठ ८ गतेबाट नेपालभरका हलमा प्रदर्शन हुँदैछ।